यसरी सकियाे नेपाली र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास (तस्बिरहरू)

हिमाल प्रेस ५ असोज २०८१ १६:०५
6
SHARES
यसरी सकियाे नेपाली र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास (तस्बिरहरू)

काठमाडौँ- नेपाली सेना र अमेरिकी सेनाबीच सुरू भएको संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ। भदौ ३० गतेदेखि सुरू भएको दुवै देशबीचका सेनाहरूको ‘प्यासिफिक एन्जल’ सम्पन्न भएको हो।

विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सैन्य अभ्यास गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

अभ्यासका क्रममा विपद्का दौरान सञ्चालन गरिने विभिन्न प्रकारका खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान भएको नेपाली सेनाले बताएको छ।

संयुक्त अभ्यास काठमाडौँ, मकवानपुर र धादिङ जिल्लमा सञ्चालन भएका थिए। दुवै देशका सैनिकले सन् २०१२ देखि संयुक्त अभ्यास गर्दै आइरहेका छन्।

तस्बिरहरू : नेपाली सेना

प्रकाशित: ५ असोज २०८१ १६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 13 =