कति छ आज तरकारीको मूल्य?

हिमाल प्रेस ५ असोज २०८१ ९:०२
16
SHARES
कति छ आज तरकारीको मूल्य?

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (शनिबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। कालिमाटीमा आज गोलभेँडासहितका केही तरकारीको मूल्य बढेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडाको मूल्य १० रुपैयाँ बढेको छ। हिजो किलोको ७५ रुपैयाँ रहेको भारतीय गोलभेँडा आज ८५ रुपैयाँ प्रतिकिलो पुगेको छ। सानो नेपाली गोलभेँडा पनि आज महँगिएको छ। हिजो कालीमाटीकालिमाटी

कालिमाटीमा आज भारतीय रातो आलु ६५, मुडेको रातो आुलु ६६, सुकेको भारतीय प्याज ११२, लोकल गाँजर १२५, तराईको गाँजर ११०, लोकल बन्दा ४५, तराईको बन्दा ३५, स्थानीय काउली ८५, सेतो मुला २२, रातो मुला ३१ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी लाम्चो भन्टा ३०, डल्ले भन्टा ३५, बोडी ८५, करेला ६५, परबल ६५, चिचिन्डो २५, घिरौँला ७५, पाकेको फर्सी ४५, हरियो फर्सी ३७, स्कुस २२, कन्य च्याउ १४०, डल्ले च्याउ ३३३, कुरिलो ४५०, ब्रोकाउली १२५ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ। यो सबै औसत मूल्य हो।

हिजो कालिमाटीमा नेपाली रातो आलु ७६, भारतीय रातो आलु ६१, सुकेको भारतीय प्याज ११२, गाँजर १०५, लोकल बन्दा ४५, तराईको बन्दा ३५, सेतो मुला २१, रातो मुला ३५, लाम्चो भन्टा २७, डल्ले भन्टा ३५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी तनेबोडी ६५, मकै बोडी ७५, करेला ६५, परबल ६५, चिचिन्डो २२, घिरौँला ५५, पाकेको फर्सी ४५, हरियो फर्सी ३८, भिन्डी ४५, स्कुस २२, कन्य च्याउ १५३, डल्ले च्याउ ३२६, ब्रोकाउली १२५ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: ५ असोज २०८१ ९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =