आतंकवादीसँग भएको भीडन्तमा ६ पाकिस्तानी सेनाको मृत्यु

हिमाल प्रेस ४ असोज २०८१ २०:२३
8
SHARES
आतंकवादीसँग भएको भीडन्तमा ६ पाकिस्तानी सेनाको मृत्यु

काठमाडौँ- पाकिस्तानमा आतंकवादीसँग भएको भीडन्तमा ६ सेना र १२ आतंकवादीको ज्यान गएको छ। पाकिस्तानको खैबर पख्तूनख्वाको विभिन्न ठाउँमा सुरक्षाबल र आतंकवादीबीच भीडन्त भएको हो।

सेनाले चलाएको कारबाहीका क्रममा १२ जना आतंकवादीको मृत्यु भएको पाकिस्तानी सेनाको जनसम्पर्क विभागले जनाएको छ।

आतंकवादीविरूद्ध यो कार्यबाही गोप्य सूचनाको आधारमा खैबर पख्तूनख्वाको उत्तरी र दक्षिणी वजिरिस्तानमा चलाइएको सेनाले बताएको छ।

कार्यबाहीका क्रममा आतंकवादीहरूको साथबाट ठूलो संख्यामा हतियार, गोलाबारूद र विस्फोट सामग्री बरामद भएको छ।

प्रकाशित: ४ असोज २०८१ २०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =