स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी

हिमाल प्रेस ४ असोज २०८१ १९:३८
6
SHARES
स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी

सिरहा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सिरहाका स्थानीय तहविरूद्ध दुई सय ७० उजुरी दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयमा सिरहाका स्थानीय तहविरूद्ध यो संख्यामा उजुरी दर्ता भएको हो।

बिहीबार सुखीपुर नगरपालिकाको सभाहलमा आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुुशासन प्रवर्द्धन’ विषयक स्थानीय तहस्तरीय अन्तरक्रियामा अख्तियारका सहायक प्रवक्ता तथा सूचना अधिकारी देवीप्रसाद थपलियाले उक्त तथ्यांक प्रस्तुत गरेका हुन्।

प्रवक्ता थपलियाका अनुसार उजुरी परेकामध्ये २६ वटा मुद्दा फछ्र्याैट भइसकेको र बाँकी दुई सय ४४ प्रक्रियामा छन्। जिल्लाको १७ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी उजुरीे औरही गाउँपालिकाका ४६ वटा रहेका छन्। जसमध्ये चार वटा मुद्दा फछ्र्यौट भइसकेका छन् भने ४२ वटा बाँकी छन्।

लहान नगरपालिकाविरुद्धको १६ उजुरीमध्ये एक फछ्र्यौट भएको, सिरहा नगरपालिकाविरुद्धका २७ उजुरीमध्ये पाँच वटा फछ्र्यौट भएको, गोलबजार नगरपालिकाविरुद्धका २३ वटा उजुरीमध्ये एउटा फछ्र्यौट भएको, मिर्चैया नगरपालिकाविरुद्धको १३ वटा उजुरीमध्ये एउटा फछ्र्यौट भएको, भगवानपुर गाउँपालिका विरुद्धकोे १२ वटा उजुरीमध्ये एउटा फछ्र्यौट भएको छ।

त्यस्तै विष्णपुर गाउँपालिकाविरुद्धको १८ मध्ये दुई वटा फछ्र्यौट भएको, नरहा गाउँपालिकाविरुद्धको सात वटा उजुरीमध्ये एउटा फछ्र्यौट भएको, सखुवानन्कारकट्टी गाउँपालिकाविरुद्धको पाँच वटा उजुरीमध्ये एउटा फछ्र्यौट भएको छ।

धनगढीमाई नगरपालिकाविरुद्ध १२ वटा, सुखीपुर नगरपालिकाविरुद्ध १५ वटा, बरियारपट्टी गाउँपालिकाविरुद्धकोे पाँच वटा, लक्ष्मीपुर पतारी गाउँपालिकाविरुद्धकोे तीन वटा, अर्नमा गाउँपालिकाविरुद्ध ११ वटा र नवराजपुर गाउँपालिकाविरुद्ध पाँच वटा उजुरी परेको थियो।

कार्यक्रममा सुखीपुर नगपालिकाका नगरप्रमुख रामअवतार यादवले दुश्मनी साँध्न र काम हुन नदिने मनसायका साथ उजुरी हाल्ने गरिएको दाबी गरे। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवासले मधेस प्रदेशअन्तर्गत सिरहा, धनुषा, महोत्तरी र सर्लाही, कोशी प्रदेशका ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बू तथा बागमती प्रदेशको सिन्धुली र रामेछाप गरी नौ वटा जिल्लालाई कार्य क्षेत्र बनाएर काम गरिरहेको छ।

प्रकाशित: ४ असोज २०८१ १९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast