प्रस्तावित प्रधानन्यायाधीश राउतमाथि उजुरी आह्वान

हिमाल प्रेस ४ असोज २०८१ १५:५९
10
SHARES
प्रस्तावित प्रधानन्यायाधीश राउतमाथि उजुरी आह्वान प्रकाशमानसिंह राउत

काठमाडौँ– संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश माथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ।

 समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको हो। समितिले सार्वजनिक सूचना निकालेर १० दिनभित्र समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालयबाट उजुरी दिनसक्ने जनाएको छ।

साथै सूचनादाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पस्ट रूपमा खुलाउनुपर्ने भए पनि सूचनादाताले चाहेमा गोप्य राख्न सकिने समितिको सूचनामा उल्लेख छ।

संवैधानिक परिषद्को गत भदौ ३१ गतेको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज १९ गते पदावधि सकिँदैछ। त्यसपछि प्रस्तावित प्रधान न्यायाधीश राउतले १८ महिना न्यायापालिकाको जिम्मेवारी सम्हाल्नेछन्।

त्यस्तै समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवमाथि पनि उजुरी आह्वान गरेको छ।

मन्त्रिपरिषद् बैठकले सेवा लम्साललाई बेल्जियमका लागि र चित्रलेखा यादवदलाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो।

प्रकाशित: ४ असोज २०८१ १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =