प्रस्तावित राजदूत लम्साल र यादवविरुद्ध उजुरी आह्वान

हिमाल प्रेस ४ असोज २०८१ ९:१२
8
SHARES
प्रस्तावित राजदूत लम्साल र यादवविरुद्ध उजुरी आह्वान

काठमाडौँ- संघीय संसद्को सुनुवाइ समितिले प्रस्तावित दुईजना राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ।

समितिले बेल्जियम (युरोपियन युनियनसहित) का लागि प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध उजुरी आह्वान गरेको हो।

सरकारले सुनवाइका लागि गरेको पत्राचारअनुसार समितिले शुक्रबार उजुरी आह्वानको प्रक्रिया अगाडि बढाएको हो।

परराष्ट्र सचिवसमेत रहेकी लम्साललाई बेल्जियम र नेपाली कांग्रेसकी नेतृ यादवलाई अस्ट्रेलियका लागि सरकारले केही दिनअघि राजदूतमा सिफारिस गरेको थियो।

समितिले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर १० दिनभित्र प्रस्तावित राजदूतहरू लम्साल र यादवविरुद्ध उजुरी दिन आह्वान गरेको छ।

सूचना हेर्नुस्

प्रकाशित: ४ असोज २०८१ ९:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fifteen =