लेबनानमा ‘वाकी–टकी’ विस्फोटमा परी मृत्यु हुनेको संख्या २५ पुग्यो

हिमाल प्रेस ३ असोज २०८१ १८:३३
12
SHARES
लेबनानमा ‘वाकी–टकी’ विस्फोटमा परी मृत्यु हुनेको संख्या २५ पुग्यो

काठमाडौँ- लेबनानमा सञ्चार उपकरणमार्फत भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ। लेबनानका स्वास्थ्यमन्त्री फिरास अबैदले मृतकको संख्या २५ पुगेको जानकारी दिएका छन्।

बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बुधबार त्यहाँ भएको विस्फोटबारे जानकारी दिँदै यस्तो बताएका हुन्।

उनले विस्फोटमा परी घाइते हुनेको संख्या कम्तिमा ६०८ रहेको बताए। यसअघि यो संख्या ४५० रहेको बताइएको थियो।
मंगलबार र बुधबार गरी भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ। जसमध्ये १२ जनाको मंगलबार पेजरमार्फत भएको विस्फोटमा परी ज्यान गएको थियो।

स्वास्थ्यमन्त्री अबैदले लेबनानले यो मुद्दामा संयुक्त राष्ट्रका सुरक्षा परिषदलाई बैठक बोलाउन आह्वान गरेको बीबीसीले जनाएको छ।

प्रकाशित: ३ असोज २०८१ १८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast