दरबारमार्गमा बालेनका समर्थक कुटिए

हिमाल प्रेस ३ असोज २०८१ १६:५५
40
SHARES
दरबारमार्गमा बालेनका समर्थक कुटिए दरबारमार्गस्थित कन्सर्टस्थलमा भेला भएकाहरू

काठमाडौँ– दरबारमार्गमा काठमाडौं महानगरपालिका प्रमुख (मेयर) बालेन साहका समर्थक कुटिएका छन्। त्यहाँ ती समर्थकले बालेनको पक्षमा नारा लगाएका थिए। त्यसलगत्तै उनीमाथि युवाहरूको समूहले हातपात गरेको हो।

अपरान्ह ४ बजेबाट सुरु भएको ‘नेसनल डे कन्सर्ट’मा सहभागी ती युवाले बालेन जिन्दावादलगायत नारा लगाएका थिए।

कुटपिट गर्ने व्यक्तिहरूको पहिचान हुन नसकेको तर उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। पाँच जनाको समूहले बालेनका समर्थकमाथि हातपात गरेको बताइएको छ।

संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठूलो संख्यामा राष्ट्रिय झण्डासहित सहभागी भएका छन्। कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमनलगायतको प्रस्तुति रहने बताइएको छ । सो कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेतसहभागी हुने भनिएको छ।

कार्यक्रमस्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले समेत कार्यक्रमस्थलको अनुगमन एवं निरीक्षण गरेका थिए। काठमाडौँ प्रहरी परिसर प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरेले त्यहाँको सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

संविधान दिवस : दरबारमार्गमा कन्सर्ट, पाँच हजार बढी सुरक्षाकर्मी परिचालन

प्रकाशित: ३ असोज २०८१ १६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 14 =