सिकाइ उपलब्धिको आधारमा ४० उत्कृष्ट शिक्षकलाई सम्मान

हिमाल प्रेस ३ असोज २०८१ ११:१०
90
SHARES
सिकाइ उपलब्धिको आधारमा ४० उत्कृष्ट शिक्षकलाई सम्मान राष्ट्रिय शिक्षा दिवस–२०८१ का अवसरमा भरतपुर महानगरपालिकाले बुधबार आयोजना गरेको उत्कृष्ट विद्यालय, शिक्षक/विद्यार्थी सम्मान् एवं पुरस्कार वितरण कार्यक्रममा विद्यार्थीलाई सम्मान गर्दै भरतपुर महानगरपालिकाका प्रमुख चित्रसेन अधिकारी। तस्बिर : सनद अधिकारी/रासस

चितवन- राष्ट्रिय शिक्षा दिवस–२०८१ को अवसरमा भरतपुर महानगरपालिकाले महानगरभित्रका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान एवं पुरस्कार वितरण गरेको छ।

भरतपुरको नारायणी नमुना माध्यमिक विद्यालयमा एक कार्यक्रमबीच महानगर उपप्रमुख चित्रसेन अधिकारीले उनीहरूलाई सम्मान गरेका हुन्।

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने संस्थागत र सामुदायिक विद्यालयका १६ छात्र छात्रा र कक्षा ८ को परीक्षामा ४ जीपीए ल्याउने छ छात्रछात्रालाई शिक्षा दिवसको अवसरमा सम्मान गरिएको हो।

महानगरले परीक्षामा उत्कृष्ट नतिजा ल्याउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका विद्यालय र शिक्षक शिक्षिकालाई सम्मान गरेको हो। संस्थागत र सामुदायिक विद्यालयका ४० उत्कृष्ट शिक्षकलाई सिकाइ उपलब्धिको आधारमा सम्मान गरिएको महानगरले जनाएको छ।

सिकाइ उपलब्धिका आधारमा उत्कृष्ट विद्यालयका रुपमा सामुदायिकका तर्फबाट नारायणी नमूना माध्यमिक विद्यालय र संस्थागत विद्यालयका तर्फबाट लिटिल फ्लावर स्कुललाई सम्मान गरिएको थियो।

शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीले विकासको पूर्वाधार निर्माणको लागि शिक्षा महत्त्वपूर्ण रहेको बताए।

प्रकाशित: ३ असोज २०८१ ११:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =