शिक्षा विधेयकमाथि प्रदेशमा छलफलको तयारी छ : शिक्षामन्त्री भट्टराई

हिमाल प्रेस ३ असोज २०८१ १०:५०
816
SHARES
शिक्षा विधेयकमाथि प्रदेशमा छलफलको तयारी छ : शिक्षामन्त्री भट्टराई शिक्षामन्त्री विद्या भट्टराई। फाइल तस्बिर ।

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक–२०८० माथि प्रदेश तहमा छलफल गर्न लागिएको बताएकी छन्।

शिक्षा पत्रकार समाजको चौथौ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सो कुरा बताएकी हुन्।

विधेयकलाई प्रतिनिधिसभाअन्तर्गको शिक्षा समितिले प्रदेशमा छलफल चलाउन लागेको बताउँदै उनले नयाँ शिक्षा ऐन जारी भएपछि मात्र शिक्षाका बेथिति हट्ने बताइन् ।

उनले ऐनका आधारमा शिक्षा क्षेत्रको सुधार गर्ने बताइन्। साथै उनले ऐनअनुसार काम गर्ने हो भने शिक्षामा लगानी बढाउनुपर्ने उनले बताइन्।

२०२८ सालको ऐनलाई विस्थापित गरेर समयानुकूल नयाँ शिक्षा ऐन बनाउनका लागि संसदीय समितिमा गम्भीररूपमा छलफल भइरहेको उनले बताइन्।

प्रकाशित: ३ असोज २०८१ १०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =