संविधानले महत्त्वपूर्ण राजनीतिक उपलब्धिहरूलाई संस्थागत गरेको छ : मुख्यमन्त्री सिंह

हिमाल प्रेस ३ असोज २०८१ १०:४६
4
SHARES
संविधानले महत्त्वपूर्ण राजनीतिक उपलब्धिहरूलाई संस्थागत गरेको छ : मुख्यमन्त्री सिंह मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह।

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपालको संविधान २०७२ ले मुलुकमा धेरै राजनीतिक उपलब्धिलाई संस्थागत गरेको बताएका छन्।

बिहीबार संविधान दिवसको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन्। उनले संविधानका कारण प्राप्त भएको संघीयता र गणतन्त्र नेपालका लागि ठूलो राजनीतिक उपलब्धि रहेको उल्लेख गरे। मुख्यमन्त्री सिंहले भने,‘संविधानबारे म धेरै डिबेटमा जान चाहन्न। तर, यो संविधानले नेपालमा महत्वपूर्ण राजनीतिक उपलब्धिहरूलाई संस्थागत गरेको कसैले अस्वीकार गर्न सक्ने अवस्था छैन।’

संविधान जारी भइसकेपछि प्राप्त भएका उपलब्धिहरूलाई थप संस्थागत गर्न सबैले मिलेर काम गर्न जरूरी रहेको उनको भनाइ छ। मुख्यमन्त्री सिंहले संघीयताका कारण राज्य सञ्चालन महँगो भएको भन्नेहरू संघीयता विरोधी भएको तर्क गरे। पटक–पटकको आन्दोलन र बलिदानीपछि संघीयता आएको उल्लेख गर्दै उनले संविधानमा भएका त्रुटीहरू संशोधन गर्न जरूरी रहेको बताए।

‘विभिन्न आन्दोलन र कैयौंको बलिदानीपछि संघीयता र गणतन्त्र प्राप्त भएको छ,’ सिंहले भने,‘संविधान जारी हुँदा कतै दीपावली मनाइरहँदा कतै गोली चलेको सत्य हो। संविधान जारी गर्ने दलहरू नै अहिले संशोधनको कुरा गरिरहेका छन्। संविधानमा भएका कमीकमजोरी सच्चाएर अघि बढ्नुपर्छ।’

मुख्यमन्त्री सिंहले संविधान संशोधनीय दस्तावेज भएकाले आवश्यकताअनुसार परिर्वतन गर्न सकिने उल्लेख गरे। उनले मुलुकमा परिवर्तन आवश्यक भएकाले विपरित ठाउँमा रहने दुई दल एक ठाउँमा उभिएर नयाँ विकल्पका रूपमा सरकार गठन भएको जिकिर गरे।

प्रकाशित: ३ असोज २०८१ १०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =