प्रधानमन्त्री ओली शुक्रबार अमेरिका भ्रमणमा जाँदै

हिमाल प्रेस २ असोज २०८१ २१:०९
12
SHARES
प्रधानमन्त्री ओली शुक्रबार अमेरिका भ्रमणमा जाँदै

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा जाने भएका छन्। संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन्।

प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल असोज ४ गते अमेरिकातर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली असोज ८ मा अमेरिकाको न्यूयोर्कमा सुरू हुने राष्ट्रसंघको महासभाको उदघाटन कार्यक्रममा सहभागी हुनेछन्।

त्यस्तै उनी अमेरिकी राष्ट्रपति जोड बाइडेनले असोज ९ गते दिने रात्रीभोजमा पनि सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओलीको असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। न्यूयोर्कमा रहँदा उनले राष्ट्रसंघको ‘समिट अफ द फ्युचर’ कार्यक्रमलाई पनि सम्बोधन गर्नेछन्।

त्यस्तैै असोज ७ मा प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालय र असोज ११ गते हाभर्ड विश्वविद्यालयमा मन्तव्य राख्नेछन्। भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरोसँग पनि भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उनीसँगै पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत छन्।

प्रधानमन्त्री ओलीको असोज १४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

 

प्रकाशित: २ असोज २०८१ २१:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − three =