नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं : मन्त्री पाण्डे

हिमाल प्रेस २ असोज २०८१ १५:१७
4
SHARES
नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं : मन्त्री पाण्डे

काठमाडौं–संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन्।

बुधबार नाथमको रबिभवनस्थित कार्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको नयाँ बानेश्वरस्थित कार्यालयको अवलोकनका क्रममा मन्त्री पाण्डेले यस्तो बताएका हुन्।

नाथम विकास ऐनअन्तर्गत स्थापना भएको र यसको सञ्चालनका लागि कानुन अत्यावश्यक भएको बताउँदै उनले आगामी हिउँदे अधिवेशनबाट नाथमसम्बन्धी विधेयक संसदमा पेश गर्ने विश्वास व्यक्त गरे।

उनले नाथमबाट उत्पादित जनशक्ति दक्ष र विश्व बजारमा प्रतिस्पर्धा गर्नका लागि प्रमाणित भएको बताए। उनले नाथमले अन्तराष्ट्रिय संघ संस्थाहरुसँग समेत सहकार्य र सम्वन्य गर्नु पर्नेमा जोड दिए।

नाथम सञ्चालनमा मन्त्रालयले कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने समेत मन्त्री पाण्डेले विश्वास दिलाए।

प्रकाशित: २ असोज २०८१ १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast