नाइजेरियामा बाढी, चार लाख मानिस प्रभावित

हिमाल प्रेस १ असोज २०८१ १७:०७
12
SHARES
नाइजेरियामा बाढी, चार लाख मानिस प्रभावित

राष्ट्रसंघ- उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी मानिस पीडित भएका र उनीहरूका लागि खाद्य,पिउने पानी,सरसफाइजस्ता प्रथमिक सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएच्ए) ले राष्ट्रसंघका एजेन्सी, गैरसरकारी संस्था (एनजिओ) र नाइजेरिया रेड क्रस सोसाइटीका प्रमुखको संयुक्त मिसनले प्रभावित क्षेत्रको साताव्यापी भ्रमण गरी प्रभावितको सहयोगका लागि सरकारी अधिकारीसँग समन्वय गरेको जनाएको छ।

लामो द्वन्द्व सँगै बाढीका कारण पटकपटक विस्थापित भएका उनीहरूलाई यथासिग्र सहयोग चाहिएको ओसिएचएले जनाएको छ। ओसिएइचएका अनुसार सेप्टेम्बर–९ मा अलाउ बाँध क्षेतिग्रस्त हुँदा तीन लाख मानिस विस्थापित भएका थिए। मैदुगुरीमा बाढीले अन्य महत्त्वपूर्ण पूर्वाधारसहित दुईवटा महत्त्वपूर्ण पुलहरू आंशिक रूपमा ध्वस्त भएका छन्।

बाढीका कारण नाइजेरियामा तीन करोड बीस लाख मानिस गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेको पुष्टि गर्दै ओसिएचएले बाढीले एक लाख २५ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा क्षति पुगेको बताएको छ।

प्रकाशित: १ असोज २०८१ १७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =