बालेनको फोटो भएको टिसर्ट लगाएर बसन्तपुर पुगेका युवा-युवती प्रहरीको नियन्त्रणमा

हिमाल प्रेस १ असोज २०८१ १५:४२
28
SHARES
बालेनको फोटो भएको टिसर्ट लगाएर बसन्तपुर पुगेका युवा-युवती प्रहरीको नियन्त्रणमा

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर बसन्तपुर क्षेत्र पुगेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले बालेनको तस्बिर भएको टिसर्ट लगाएर इन्द्रजात्राको अवसरमा बसन्‍तपुरमा हुने समारोहमा भाग लिन पुगेका १३ जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त जनसेवामा राखेको हो। उनीहरूलाई सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

केही युवायुवतीहरूले बालेनको नामको टिसर्ट लगाएर आएपछि प्रहरीले कतिपयलाई त्यहाँबाट फर्काएको छ। ती युवायुवतीको हुन् र कहाँबाट आएका हुन् भन्ने खुलेको छैन।

हरेक वर्ष इन्द्रजात्रामा विशिष्ट व्यक्तिहरूको उपस्थितिमा वसन्तपुरमा विशेष समारोह आयोजना हुने गर्छ। यसको आतिथ्यता काठमाडौँ महानगरपालिकाले गर्ने गरेको छ। राष्ट्रपतिको समेत उपस्थिति रहने भए पनि अघिल्ला दुई वर्षको इन्द्रजात्रा समारोहका मुख्य आकर्षण बालेन भएका थिए । युवायुवतीहरूले उनको जयजयकार गर्ने गरेका थिए।

प्रकाशित: १ असोज २०८१ १५:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 1 =