कांग्रेस नेता विष्टको पहलमा तीन बिरामीलाई आर्थिक सहयोग

हिमाल प्रेस १ असोज २०८१ १५:२६
24
SHARES
कांग्रेस नेता विष्टको पहलमा तीन बिरामीलाई आर्थिक सहयोग

काठमाडौँ- नेपाली कांग्रेसका नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट डोटीका तीनजना गम्भीर प्रकृतिका बिरामीलाई आर्थिक सहयोग गरिएको छ।

लामो समयदेखि जटिल रोगबाट पीडित रहेर आर्थिक अभावले उपचारमा कठिनाइ खेप्दै आएका शिखर नगरपालिका कपल्लेकीका कृष्ण नेगी, बडिकेदार गाउँपालिका बेरबाटाका खेमबहादुर बम र जोरायल गाउँपालिका गडसेराका बमबहादुर चोखालको पचारका लागि आर्थिक सहयोग गरिएको विष्टले बताए।

‘उहाँहरूको अवस्थाले पिरोलिरहेको थियो। त्यसैले सहयोगका केही मनकारी दाता साथीसँग सहयोगका लागि अपिल गरेँ। उहाँहरूले सहयोग पनि गर्नुभयो। तीन लाख २० हजार संकलन भएकोमा तीनैजनालाई जनही १ लाख १ सय ४ रुपैयाँ उहाँहरूले उपलब्ध गराउनुभएको खातामा पठाइसकेको छु’ऽ नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति विष्टले भने।

यसका साथै लामो समयदेखि अपांगता जीवन बिताइरहेका लालबहादुर कलेललाई २० हजार रुपैयाँ प्रदान गरेको उनले बताए।

विष्टले लामो समयदेखि समाजसेवाका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन्। २०७२ सालको भूकम्प, बाढीपहिरोका बेला सहयोग गर्दै आएका विष्टको पहलमा डोटीमा एम्बुलेन्ससमेत सञ्चालनमा छन्।

प्रकाशित: १ असोज २०८१ १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast