शैक्षिक गुणस्तरका लागि अक्षय कोष स्थापना

हिमाल प्रेस १ असोज २०८१ १०:५७
16
SHARES
शैक्षिक गुणस्तरका लागि अक्षय कोष स्थापना प्रतिनिधिमूलक तस्बिर

पाँचथर- शैक्षिक गुणस्तर सुधारमा सघाउ पुर्‍याउने उद्देश्यले पाँचथरको हिलिहाङ–२ को एक परिवारले स्थानीय विद्यालयमा पाँच लाख ५५ हजार पाँच सय ५५ को अक्षय कोष स्थापना गरेको छ।

हिलिहाङ–२ सिंहपुरमा रहेको सिंहपुर पशुपति माध्यमिक विद्यालयमा उक्त अक्षय कोष स्थापना गरिएको हो।

विद्यालयको स्थापनादेखि सञ्चालनमा सहयोग गर्दै आएका स्थानीय वयोवृद्ध हरिप्रसाद गौतम र लीलादेवी गौतमको परिवारले आइतबार विद्यालयमा आयोजित कार्यक्रममा अक्षयकोषमा रहने रकम विद्यालयका प्रधानाध्यापक भीमकुमारी भण्डारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमप्रसाद हेम्ब्यालाई हस्तान्तरण गरे।

हरिप्रसाद र लीलादेवी संस्थापक रहेको अक्षयकोषमा छोराबुहारीहरू जीवनप्रसाद र नारायणी गौतम, राजेन्द्रप्रसाद र पुण्यमाता गौतम, सूर्यप्रसाद र कौशिला गौतम, केशवप्रसाद र भीमकुमारी गौतम तथा भोला र गंगा गौतम एवं छोरीज्वाइँमैयादेवी र राधाकृष्ण भट्टराई संरक्षक रहेका छन्।

अक्षयकोषको ब्याजबाट उक्त विद्यालयको कक्षा १, २, ३, ४, ५, ६, ७ र ९ मा प्रथम स्थान हाँसिल गर्ने विद्यार्थी तथा विद्यालय र अभिभावकले छनोट गरेका एकजना शिक्षकलाई पुरस्कृत गर्ने व्यवस्था गरिएको छ।

प्रकाशित: १ असोज २०८१ १०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − nine =