काठमाडौँ- प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना औपचारिक भ्रमणका लागि आज रुसतर्फ प्रस्थान गरेकी छन्। रुसको सेन्टपिटर्सवर्गमा यही असोज २ देखि सुरु हुने कार्यक्रममा भाग लिन उनी फ्लाई दुबईको बिहान ९ बजेको उडानमार्फत त्यसतर्फ गएकी हुन्।
उपसभामुख राना रुस र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गते (सेप्टेम्बर १८–२०) सम्म हुने चौथो युरेसियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ। उनले उक्त फोरममा सम्बोधन गर्नेछिन्।
उपसभामुख राना असोज ५ गतेमा स्वदेश फर्कने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ।
प्रकाशित: १ असोज २०८१ १०:४९
प्रतिक्रिया