यी विद्यालयलाई पुरस्कृत गर्दै शिक्षा मन्त्रालय

हिमाल प्रेस १ असोज २०८१ १०:४१
664
SHARES
यी विद्यालयलाई पुरस्कृत गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उत्कृष्ट विद्यालयलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने भएको छ।

२०८० सालको कक्षा १२ को नतिजा मूल्यांकनका आधारमा सार्वजनिक र निजीतर्फ राष्ट्रियस्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई पुरस्कृत गरिने भएको हो।

मन्त्रालयका सहसचिव बैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा पुरस्कारसम्बन्धी उपसमिति गठन गरिएको थियो। उपसमितिले ६ वटा विद्यालयलाई पुरस्कृत गर्ने निर्णय गरेको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ।

सामुदायिकतर्फ दाङको दाङको माध्यमिक विद्यालय तुलसीपुर सेन्टर अर्थात् ‘मावि सेन्टर’ प्रथम, काठमाडौँको विश्व निकेतन मावि दोस्रो र दाङकै जनकल्याण माविले तेस्रो पुरस्कार प्राप्त गर्ने मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

ती अधिकारीको भनाइमा निजीतर्फ काठमाडौँको फ्लोरिसेन्ट मावि प्रथम, काठमाडौँकै विजेश्वरी सैनिक माध्यमिक विद्यालय द्वितीय र काठमाडौँकै बूढानीलकण्ठ मावि तृतीय पुरस्कार प्रदान गरिनेछ।

६ वटै विद्यालयलाई राष्ट्रिय शिल्ड, ध्वजा र क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने बताइएको छ।

प्रकाशित: १ असोज २०८१ १०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − nine =