काठमाडौँ- साझा प्रकाशनले पठन संस्कृतिको विकासको नारासहित विशेष पुस्तक प्रदर्शनी आयोजना गर्ने भएको छ। साझा प्रकाशनको केन्द्रीय कार्यालय पुलचोकसहित देशभरका बिक्री कक्षहरूमा असोज १ गतेदेखि पुस्तक प्रदर्शनी हुन लागेको हो।
असोज १५ गतेसम्म चल्ने प्रदर्शनीमा २० देखि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको साझा प्रकाशनका निमित्त महाप्रबन्धक भेषराज घिमिरेले जानकारी दिए।
प्रकाशित: ३१ भदौ २०८१ १६:५४
प्रतिक्रिया