जापानमा वृद्धवृद्धाको संख्या उच्च, श्रमशक्ति घट्दै

हिमाल प्रेस ३१ भदौ २०८१ १४:५४
16
SHARES
जापानमा वृद्धवृद्धाको संख्या उच्च, श्रमशक्ति घट्दै तस्बिर अन्पलासबाट

टोकियो- जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको संख्या तीन करोड ६२ लाख ५० हजार पुगेको सरकारी तथ्यांकले देखाएको छ। जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार जापानको कूल जनसंख्याको २९.३ प्रतिशत वृद्धवृद्धा रहेका छन्।

विश्वका २०० देश र एक लाखभन्दा बढी जनसंख्या भएका क्षेत्रको सूचीमा ज्येष्ठ नागरिकको अनुपातका आधारमा जापान शीर्ष स्थानमा रहेको मन्त्रालयले जनाएको छ। इटाली, पोर्चुगल, ग्रीस, फिनल्याण्ड, जर्मनी र क्रोएसियाले युरोपको प्रतिनिधित्व गर्दै शीर्ष १० मा २० प्रतिशतभन्दा बढी वृद्धवृद्धाको जनसंख्या दर भएका मुलुकका रूपमा प्रतिनिधित्व गरेका छन्।

दक्षिण कोरिया १९.३ प्रतिशत र चीन १४.७ प्रतिशत वृद्धवृद्धाको जनसंख्या रहेको छ। जापानले बढ्दो जनसंख्या संकटको सामना गरिरहेको छ। बढ्दो वृद्ध जनसंख्याले चिकित्सा र कल्याणकारी लागत बढाउँछ साथै यसको लागि भुक्तानी गर्न श्रमशक्ति घट्दै जान्छ।

जापानको सरकारी जनसंख्याअनुसार देशको कुल जनसंख्या पाँच लाख ९५ हजारले घटेर १२ करोड ४० लाखमा झरेको छ। आइतबारको तथ्यांकअनुसार सन् २०२३ मा जापानमा ९१ लाख ४० हजार वृद्धवृद्धाले कुनै न कुनै रोजगारी पाएका छन्।

उनीहरूले कुल श्रमशक्तिको १३.५ प्रतिशत प्रतिनिधित्व गर्छन् वा हरेक सातमा एक जना रोजगार कर्मचारीको प्रतिनिधित्व गर्छन्। जापान सरकारले आफ्नो जनसंख्याको ह्रास र वृद्धवृद्धाको जनसंख्यालाई सन्तुलनमा राख्ने प्रयासस्वरूप विभिन्न योजनाहरू सार्वजनिक गरेको भएपनि यसले सार्थकता पाउन सकेको छैन। रासस/एएफपी

प्रकाशित: ३१ भदौ २०८१ १४:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =