संसद् बैठकका विषयमा माओवादी नरम, सदन चल्न दिने

हिमाल प्रेस ३१ भदौ २०८१ ११:३८
18
SHARES
संसद् बैठकका विषयमा माओवादी नरम, सदन चल्न दिने प्रतिनिधिसभाको आइतबार बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ- नेकपा माओवादी केन्द्रले आज संसद बैठक अवरोध नगर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्ने भएपछि माओवादीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठक अवरोध नगर्ने भएको हो।

संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट हटाउन माग गर्दै विगत केही दिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ। तर, आजको संसद् बैठकमा भने प्रधानमन्त्रीलाई बोल्न दिने भएको माओवादी केन्द्रका सांसद माधव सापकोटाले जानकारी दिए। उनले पहिला आफ्ना कुरा राख्ने अत्यसपछि प्रधानमन्त्रीलाई बोल्न दिने बताए।

संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुँदैछ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भदौ ३१ गते सोमबार आज राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ । सरकारको सिफारिसमा राष्ट्पतिले संसद बैठक बोलाउने तथा बन्द गर्ने व्यवस्था रहेको छ ।

प्रकाशित: ३१ भदौ २०८१ ११:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =