घट्यो इन्धनको मूल्य, प्रतिलिटर कति?

हिमाल प्रेस ३० भदौ २०८१ २०:५७
88
SHARES
घट्यो इन्धनको मूल्य, प्रतिलिटर कति?

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले सोमबार बिहान (भदौ ३१ गते)  देखि लागू हुने गरेर पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।

पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ घटाइएको छ।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५८ र तेस्रो वर्गका लागि १५९ रूपैयाँ कायम भएको छ।

डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः १४६ रुपैयाँ ५० पैसा, १४८ रुपैयाँ र १५९ रुपैयाँ पुगेको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रूपमा तोकेको छ।

नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ।

प्रकाशित: ३० भदौ २०८१ २०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =