‘रास्वपाले सत्तागठबन्धनमाथि हिलो छ्याप्न थालेपछि उपसभामुखको राजीनामा मागेका हौँ’

हिमाल प्रेस ३० भदौ २०८१ १४:११
14
SHARES
‘रास्वपाले सत्तागठबन्धनमाथि हिलो छ्याप्न थालेपछि उपसभामुखको राजीनामा मागेका हौँ’

काठमाडौँ- सत्तारुढ दलका मुख्यसचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीकै कारण उपसभामुखको राजीनामा माग्न बाध्य भएको बताएका छन्। आज आइतबार सदनको अवरोध हटाउने विषयमा सभामुखले दलका प्रमुख सचेतक र सचेतकबीचको गरेको छलफलपछि बर्तौलाले यस्तो बताएका हुन्।

उनले सत्ता गठबन्धनको बैठकमा आफूहरूले अमेरिका जानका लागि अन्तरवार्ताको मिति सार्ने उपसभामुखको पत्रबारे छलफल गरेको तर विषयलाई उछाल्ने कुनै तयारी नगरेको पनि स्पष्ट पारे। तर‚ बन्द कोठामा भएको निष्कर्ष नै ननिकालिएको छलफलबारे संसद् बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति दिएपछि आफूहरूले राजीनामा माग्न बाध्य भएको उनको भनाइ छ।

‘एकाएक रास्वपाका प्रमुख सचेतकले फायर खोल्ने काम गर्नुभयो,’ उनले भने, ‘एउटा जिम्मेवारी राजनीतिक दलले उपसभामुखजस्तो पदको हुर्मत लिनेगरी प्रसङ्ग निकाल्नुभयो। सत्तापक्षतर्फ हिलो छ्याप्ने काम गर्नुभयो।’

उनले उपसभामुखको कमजोरी भएकोले उनलाई बोक्ने कि नबोक्ने भन्ने प्रश्न उठेको बताए। तर, सत्तापक्षमा निचोडमा नपुगिसकेको उनको भनाइ छ।

प्रकाशित: ३० भदौ २०८१ १४:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fifteen =