त्रिभुवन विमास्थलबाट हराएका भुसाल एकान्तकुनामा भेटिए

हिमाल प्रेस ३० भदौ २०८१ १२:२४
104
SHARES
त्रिभुवन विमास्थलबाट हराएका भुसाल एकान्तकुनामा भेटिए त्रिभुवन विमानस्थल

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्पर्कबिहीन भएका एक व्यक्ति भेटिएका छन्। पर्वत पैयूँ नगरपालिका-१ का ७६ वर्षका दण्डपाणि भुसाल हिजो शनिबार राति १०:३० बजेदेखि सम्पर्कबिहीन भएका थिए। विमानस्थल ओर्लिएपछि आफन्तको सम्पर्कमा आएका उनी त्यसपछि हराएका थिए।

भुसालका आफन्तले आज बिहान गौशाला प्रहरी वृत्तमा उनी हराएको भन्दै निवेदन दिएका थिए। त्यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो। विमानस्थलमा रहेको सीसीटीभीको भिडिओमा शनिबार राति नै भुसाल बाहिरिएको भेटिएको र सोही आधारमा खोजी गरिएको प्रहरीले जनाएको छ।

‘निवेदन दिने आफन्तहरूसँग सम्पर्क भएको थियो। उहाँहरूसँगको कुराकानीमा एकान्तकुनामा कसैले भेटेको भनेर खबर आएको र उहाँलाई लिन गएको बताउनु भएको छ,’ डीएसपी केशव थेवेले हिमालप्रेससँग भने।

प्रहरीका अनुसार पठाओ चालकले भुसालका आफन्तलाई फोन गरेर उनलाई कहाँ ल्याइदिनुपर्ने हो भनेर सोधेका थिए। अहिले भुसाल र उनका आफन्त गौशाला प्रहरी वृत्त आउँदै गरेको प्रहरीले जनाएको छ।

अमेरिकाबाट आएका व्यक्ति त्रिभुवन विमानस्थलबाटै हराए

प्रकाशित: ३० भदौ २०८१ १२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast