आज सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार

हिमाल प्रेस ३० भदौ २०८१ ११:१४
10
SHARES
आज सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार

काठमाडौँ- नेपाली बजारमा सुनको भाउले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ। शुक्रबारको तुलनामा आज आइतबार सुन प्रतितोला पाँच सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ रहेको जनाएको छ।

शुक्रबार प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ थियो।

चाँदीको भाउ आज तोलामा ४० रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला १८६० रुपैयाँ रहेको चाँदी आज एक हजार नौ सय रुपैयाँ रहेको छ।

प्रकाशित: ३० भदौ २०८१ ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =