गोरखामा सडक दुर्घटनामा इलामका युवाको मृत्यु

हिमाल प्रेस ३० भदौ २०८१ ७:१७
4
SHARES
गोरखामा सडक दुर्घटनामा इलामका युवाको मृत्यु

गोरखा- गोरखामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक नेपाली सैनिकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक सैनिक गम्भीर घाइते भएका छन्।

गोरखा नगरपालिका-९ ठिँगुरेस्वाँरामा शनिबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा रिपुमर्दन गण गोरखामा कार्यरत इलामको देउमाई गाउँपालिका-२ घर भएका नेपाली सेनाका लेसनायक २५ वर्षीय सुरेन्द्र राईको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग१क ५६५४ नम्बरको टिपरले विपरीत दिशातर्फबाट आइरहेको बा७०प २८७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा सोही गणमा कार्यरत नेपाली सेनाका लेसनायक संखुवासभा नगरपालिका–३ खपाङका २४ वर्षीय जनम राई गम्भीर घाइते भएका प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।

उनलाई उपचारका लागि काठमाडौँ लगिएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। रासस

प्रकाशित: ३० भदौ २०८१ ७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =