भारतको छत्तीसगढमा एमबीबीएसको पढाइ हिन्दी भाषामा

हिमाल प्रेस २९ भदौ २०८१ १९:४०
12
SHARES
भारतको छत्तीसगढमा एमबीबीएसको पढाइ हिन्दी भाषामा छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव साय। तस्बिर स्रोत : बीबीसी

काठमाडौँ- भारतको छत्तीसगढ राज्यमा एमबीबीएसको पढाइ हिन्दी भाषामा हुने भएको छ। छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव सायले शनिबार को हिन्दी दिवसका अवसरमा यस्तो घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसबारे स्वास्थ्य विभागलाई निर्देशन दिइसकिएको मन्त्री सायले बताएका छन्। उनले भने, ‘एमबीबीएसको पढाइको व्यवस्था हामी हिन्दी भाषमा गर्नेछौँ। यस वर्ष हामी एमबीबीएस प्रथम सत्रको पढाइ हिन्दीमा हुन्छ।’

साथै उनले छात्रछात्राको संख्याअनुरूप पुस्तक उपलब्ध गराउन विभागलाई निर्देशन दिएका छन्। उनले भने, ‘हिन्दीमा चिकित्सा शिक्षा उपलब्ध भएपछि त्यसको लाभ ग्रामीण पृष्ठभूमिका मानिसका लागि हुनेछ।

प्रकाशित: २९ भदौ २०८१ १९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =