अन्तर्राष्ट्रिय मुद्रा कोषकी मिसन प्रमुखद्वारा महासंघ अध्यक्ष ढकालसँग छलफल

हिमाल प्रेस २९ भदौ २०८१ १६:०२
10
SHARES
अन्तर्राष्ट्रिय मुद्रा कोषकी मिसन प्रमुखद्वारा महासंघ अध्यक्ष ढकालसँग छलफल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले निर्वाध गर्न नीतिगत स्थायित्व आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष –आईएमएफ) का मिसनसँगको भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न कोषलाई पनि आग्रह गरे ।

नेपाली अर्थतन्त्रको संरचना र चरित्र केही फरक छ, उहाँले भन्नुभयो, सोही अनुसार नीति बनाउन सकिएन भने सुधारमा अलमल हुने उहाँको भनाई थियो ।

ढकालले नेपालमा हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको, र ब्याजदर घटेको भए पनि निजी क्षेत्रबाट लगानीको माग कम रहेको जानकारी दिदैं महासंघले बैंकहरूलाई आफ्नै सर्तमा ऋण दिनका लागि लचिलो व्यवस्था गर्न आग्रह गरेको उल्लेख गरे । अत्यधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुवैको विश्वासमा गिरावट ल्याउन सक्ने उनको भनाई थियो ।

ढकालले निजी क्षेत्रको सुझावमा सरकारले घोषणा गरेको नयाँ पुस्ताका सुधारले समाधानका उपाय निकाल्न सक्ने विश्वास पनि व्यक्त गरे ।

ढकालले पछिल्लो लगानी सम्मेलनका क्रममा लगानी बढाउन आठवटा कानुनमा संसोधन भएको र द्धिपक्षीय लगानी सम्झौताको खाका समेत तयार भएको जानकारी गराएका थिए । यसैगरि उच्च विदेशी विनिमय संचिति, सकारात्मक भुक्तानी सन्तुलनको अवस्थामा पनि विदेशी लगानी आकर्षित हुन नसकेको अवस्थामा कोषले नेपालको प्रवद्र्धनमा सहयोग पुर्याउनुपर्ने अध्यक्ष ढकालको आग्रह थियो ।

भेटका क्रममा मिसन प्रमुख सरवत जाहाँले कोष नेपाललाई सहयोग गर्न आएको बताउँदै निजी क्षेत्रलाई महत्व दिनुपर्ने बिषयमा कोष सदैव सकारात्मक रहेकोमा जोड दिइन् ।

प्रकाशित: २९ भदौ २०८१ १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast