दसैँका लागि नयाँ नोट छापिएन, बैंकहरूबाट सुकिला नोट लिन सर्वसाधारणलाई आग्रह

हिमाल प्रेस २९ भदौ २०८१ १३:४१
8
SHARES
दसैँका लागि नयाँ नोट छापिएन, बैंकहरूबाट सुकिला नोट लिन सर्वसाधारणलाई आग्रह

काठमाडौँ- नेपाल राष्ट्र बैंकले यसपटक दसैँमा नयाँ नोट नछापिएको हुँदा सुकिला नोट मात्र वितरण हुने जनाएको छ । विगतमा नयाँ नोट छापेर बाँड्ने गरिएकाले निश्चित अवधि तोकेर वितरण हुने गरेकाेमा यसपालि बैंकहरूलाई नै सर्टिङ गरेर सर्वसाधरणलाई सुकिला नोट दिन आग्रह गरिसकिएको नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी भागवत आचार्यले बताए ।

नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने अभिप्रायले खुद्रा नोट छाप्न छाडेको हो । नेपाल राष्ट्र बैंकले ८० वटा नोटकोषबाट सुकिला नोट वाणिज्य बैंकहरूमा पठाउने र वाणिज्य बैंकहरूमार्फत सुकिला नोट वितरण गर्न लागेको हाे । नोटको छपाइ र व्यवस्थापन खर्च न्यूनीकरणका लागि चाडपर्व लक्षित नयाँ नोट छाप्ने क्रम स्थगित भएको आचार्यले जानकारी दिए ।

सुकिला नोट भनेको प्रयोगयोग्य नोट हुन् तर एकाधपटक चलनचल्तीमा आइसकेका हुनेछन् । यसअघि भने एकपटक पनि नचलाएका नोट नै वितरण हुने गरेको थियो । चाडपर्वमा नोटहरू फोहोर हुने र स-साना खुद्रा नोटहरू धेरैजसो प्रयोग मै नआउने  भएकाले नोट छपाइकाे खर्च न्यूनीकरण गर्न अत्यावश्यक भएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सुझाव दिएको थियो ।  नोट थोत्रो र प्रयोगमा ल्याउन नमिल्ने भएपछि राष्ट्र बैंकले त्यसलाई धुल्याएर जलाउने, ब्रिकेट बनाउने लगायतका कामहरू भैरहेको छ

मुद्रा व्यवस्थापन विभागको सर्वेक्षण अनुसार सानातिना नोटहरू कति बाहिर गयो र कति राष्ट्र बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकमा रहेका नोट कोषमा फर्कियो भन्ने अध्ययन विश्लेषण गरी सो निष्कर्ष निकालेको हो ।

यसअघि सुरक्षण मुद्रण प्रेस स्थापना गरी नोट समेत नेपालमै छपाई गर्ने तयारी भए पनि सो प्रकृया विवादमा परेपछि नयाँ नोट बाह्य मुलुकमा नै छाप्ने गरिएका छ । त्यसका लागि ग्लोबल टेण्डर मार्फत छपाई प्रकृया अघि बढाउनुपर्ने हुँदा झण्डै एक वर्षको समय लाग्ने बताइएको छ ।

प्रकाशित: २९ भदौ २०८१ १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast