गलकोट दुर्घटना : मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने

हिमाल प्रेस २९ भदौ २०८१ १०:३५
28
SHARES
गलकोट दुर्घटना : मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने

बागलङ- मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरुको शव परीक्षणपछि आज साँझसम्म परिवारको जिम्मा लगाइने भएको छ।

शुक्रबार बिहान गलकोट नगरपालिका २ को भुंखानीमा काठमाडौँदेखि पूर्वीरुकुमतर्फ जाँदै गरेको रा १ झ २०० नम्बरको पिकअप जिप सडकदेखि तीन सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको थियो।

मृतकको शव हाल गलकोट नगर अस्पतालमा राखिएको छ। आज बिहानैदेखि मृतकको शव परीक्षण सुरु गरिएको र साँझसम्म शव परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए।

घटनामा पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्रा बुढा, उनकी आमा ६१ वर्षीय गोपीमाया बुढा र वडा नं ३ का अध्यक्ष जसबीर सिर्पालीको निधन भएको थियो। घटनामा गम्भीर घाइते २९ वर्षीय चालक प्रेमबहादुर पुनको धौलागिरि अस्पतालमा सिटिस्क्यान गरेपछि थप उपचारका लागि पोखरा पठाइएको छ।

प्रकाशित: २९ भदौ २०८१ १०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seventeen =