रुपन्देहीमा जनमोर्चाको विरोध सभा

हिमाल प्रेस २९ भदौ २०८१ १०:२९
34
SHARES
रुपन्देहीमा जनमोर्चाको विरोध सभा

काठमाडौँ- समाजको वेथीतिविरुद्ध राष्ट्रिय जनमोर्चा तिलोत्तमाले विरोध सभा गरेको छ।

विरोध सभाको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा व्याप्त भ्रष्टाचार मौलाएको, राजनीति संरक्षणमा भ्रष्ट कालाबजारिया, तस्करहरू सहकारी ठगहरू हुर्किरहेको,समाजमा अन्याय अत्याचार बढ्दै गयकोले त्यसको विरुद्ध राष्ट्रिय जनमोर्चाले देशव्यापी विरोध कार्यक्रम आयोजना गरेको बताए।

तिलोत्तमाको विरोध सभामा बोल्दै केसीले देशका ठूला दलर उनीहरूका नेताको सोच राजनीति गरेर आफुले कमाउने आफू आफ्न्त बनाउने आसेपासेलाइ पोस्ने भ्रष्टाचार गर्ने रहेकोले देशको अवस्था नाजुक रहेको बताए।

केसीले देशमा युवा बेरोजगार भएर बिदेसिनुपरेको, तर सरकार खाली सत्तामा कसरी टिक्ने भन्ने तर्फ मात्र लागेकोले अहिलेको अवस्थामा देशको स्थिति चिन्ताजनक भएको बताए।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य इन्दिरा ज्ञवाली, नेकपा मसालका रुपन्देही जिल्ला प्रवक्ता लालचन्द पन्तले मन्तव्य राखेका थिए।

प्रकाशित: २९ भदौ २०८१ १०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =