एक वर्षभित्र सबै जनताको घरमा विद्युत् : ऊर्जामन्त्री खड्का

हिमाल प्रेस २८ भदौ २०८१ १३:४१
8
SHARES
एक वर्षभित्र सबै जनताको घरमा विद्युत् : ऊर्जामन्त्री खड्का

चितवन- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आगामी एक वर्षभित्र सबै जनताको घरमा विद्युतीकरण पुग्ने गरी काम अघि बढाइएको बताएका छन्। आज पत्रकारसँग कुरा गर्दै उनले विद्युत्को आन्तरिक खपत बढाउन सबै जनताको घरमा विद्युत् सेवा पुर्‍याउन लागिएको उल्लेख गरे।

नेपालमा सञ्चालित व्यवसायमध्ये सबैभन्दा बढी आयआर्जन गर्ने विद्युत्सम्बन्धी व्यवसाय भएको भन्दै मन्त्री खड्काले यसको आन्तरिक खपत बढाउन सरकार लागेको बताए। उनले भने,‘निर्माणको समय भएकाले कहिलेकाही समस्या देखिने गरेको छ। यसको समाधान गर्दै आन्तरिक खपत बढाउन सरकार प्रयासरत छ।’

विद्युत्को उपभोग बढी भन्दाबढी कसरी गर्ने भन्ने विषय सरकार केन्द्रित रहेको उनको भनाइ छ। हिउँदमा विद्युत् उत्पादन कम हुँदा कहिलेकाही समस्या आउने गरेको मन्त्री खड्काले बताए। मन्त्री खड्काले सरकारले डेडिकेटर लाइनको पैसा असुल गर्ने बताए।

उनले भने,‘लाइन काटेर समस्याको समाधान हुँदैन। पैसा असुल गर्ने कानुनी बाटाहरू छन्। कानुनमा व्यवस्था गरिएअनुसार रकम असुल गर्नेछौँ।’ व्यवसायीले विद्युत् प्रयोग गरेबापत राज्यलाई महसुल बुझाउनुपर्नेमा जोड दिँदे उनले अहिले देखिएको विवाद चाँडै टुंगो बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 14 =