बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु

हिमाल प्रेस २८ भदौ २०८१ ९:५२
14
SHARES
बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु

बागलुङ- गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो।

बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार गलकोटतर्फ जाँदै गइरहेको जीप दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन। दुर्घटनामा एक पुरुष घाइते भएका छन्।

प्रहरी घटनास्थल पुगेर उद्धारमा जुटेको छ। घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ।

प्रकाशित: २८ भदौ २०८१ ९:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nineteen =