शिक्षामन्त्री भट्टराई भन्छिन् : शिक्षा ऐन चाँडै जारी गर्न दबाब दिएकी छु

हिमाल प्रेस २८ भदौ २०८१ ७:४४
1.6k
SHARES
शिक्षामन्त्री भट्टराई भन्छिन् : शिक्षा ऐन चाँडै जारी गर्न दबाब दिएकी छु शिक्षामन्त्री विद्या भट्टराई। फाइल तस्बिर ।

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक-२०८० लाई ऐनको रूपमा चाँडै जारी गर्न दबाब दिइरहेको बताएकी छन्।

खबर एजुकेशनले  केही दिनअघि आयोजना गरेको शिक्षाविद् तथा विज्ञहरूसँगको छलफलमा बोल्दै मन्त्री भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐनका र शिक्षा ऐन ल्याउन आफूले प्रधानमन्त्रीसहितलाई दबाब दिएको बताएकी हुन्।

छलफलमा उनले भनिन्,‘विद्यालय शिक्षा ऐनले धेरै कुरा रोकेको छ। शिक्षा ऐन नआउने परिस्थिति बनिसकेको थियो। बारम्बार ऐन बन्नुपर्छ भनेर म लागिरहेकी छु। त्यसैअनुसार अगाडि बढेको पनि छ।’

त्यसैगरी भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन बने पनि त्यसलाई लागू नगरिएकाले भएका ऐनलाई कार्यान्वयनमा ल्याउनुपर्ने धारणा व्यक्त गरिन्।

प्रकाशित: २८ भदौ २०८१ ७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 20 =