नेकपा एसले मेटमणि चौधरीलाई किन सोध्यो स्पष्टीकरण?

हिमाल प्रेस २७ भदौ २०८१ २०:०८
32
SHARES
नेकपा एसले मेटमणि चौधरीलाई किन सोध्यो स्पष्टीकरण? फाइल तस्बिर

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव मेटमणि चौधरीलाई पार्टीले स्पष्टीकरण सोधेको छ। एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले विवादास्पद अभिव्यक्ति दिएको भन्दै तीनदिने अल्टिमेटमसहित स्पष्टिकरण सोधिएको हो।

महासचिव घनश्याम भुसालले हस्ताक्षर गरेको स्पष्टीकरण पत्रमा लेखिएको छ, ‘मुलुकको अखण्डता र सार्वभौमसत्ताका विरुद्ध तपाईंले किन बोल्नु भएको हो? यसबारे तीन दिनभित्र लिखित रूपमा स्पष्टीकरण दिनुहोला।’

चौधरीले एक टेलिभिजन कार्यक्रममा ‘कालापानी र लिपुलेक भारतको हो’ भनेर अभिव्यक्ति दिएपछि उनको आलोचना भएको थियो। त्यसपछि पार्टीले उनलाई स्पष्टीकरण सोधेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 13 =