एसईईमा उत्कृष्ट विद्यार्थीलाई ललितपुर महानगरले दियो दुई लाख रुपैयाँ

हिमाल प्रेस २७ भदौ २०८१ १६:१३
10
SHARES
एसईईमा उत्कृष्ट विद्यार्थीलाई ललितपुर महानगरले दियो दुई लाख रुपैयाँ

ललितपुर- २०८० सालको एसईईमा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थी र विद्यालयलाई ललितपुर महानगरले सम्मानसहित पुरस्कृत गरेको छ। पुरस्कारसहित सम्मानित हुनेमा सामुदायिक विद्यालयतर्फ आदर्श सौल युवक माविकी छात्रा ल्हाकी शेर्पा छिन्। उनले सम्मानपत्रसहित दुई लाख नगद पुरस्कार प्राप्त गरिन्। नगरप्रमुख चिरीबाबु महर्जनले उक्त विद्यालयलाई चार लाख रुपैयाँ हस्तान्तरण गरे।

निजीतर्फ सेन्ट जेभियर्स स्कुलकी अनुष्का पाण्डे र सेन्ट मेरिज स्कुलकी मानवी ज्ञवालीले जनही दुई लाख सहित सम्मानपत्र प्राप्त गरे। जेम्स स्कुल धापाखेलकी साम्राज्ञी लामिछाने र ब्राइट फ्युचर सेकेन्डरी स्कुलका सेक्रिना शाही, उज्ज्वल चौलागाईँ पनि जनही २ लाख पाए।

नगर प्रमुख महर्जनले महानगरले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए। उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले छोराछोरी र विद्यार्थीलाई अभिभावकले विश्वास गर्नुपर्ने बताइन्। प्रमुख प्रशासकीय अधिकृत रेखादासले शिक्षामा लगानी गर्नु भविष्यको लगानी भएको बताइन्।

प्रकाशित: २७ भदौ २०८१ १६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =