शिक्षक सरुवाअगाडि बढाउन आग्रह

हिमाल प्रेस २७ भदौ २०८१ ११:२२
416
SHARES
शिक्षक सरुवाअगाडि बढाउन आग्रह

काठमाडौँ– धादिङको सिद्धलेक गाउँपालिकाले विज्ञान शिक्षक सरुवाअगाडि बढाउन आग्रह गरेको छ।

गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै श्री सिद्धेश्वर माध्यमिक विद्यालयमा रिक्त रहेको निम्न माध्यमिक तह तृतीय श्रेणी विज्ञान विषयको रिक्त शिक्षक पदमा सरुवाको प्रक्रिया अगाडि बढाइदिन आग्रह गरेको हो।

विद्यालयबाट विज्ञान शिक्षक सरुवा गरिदिन अनुरोधपत्र आएपछि गाउँपालिकाले योग्यता पुगेको शिक्षकको सरुवा गरिदिन अनुरोध गरेको छ।

सूचनामा भनिएको छ,‘प्रस्तुत विषयमा धादिङ जिल्ला सिद्धलेक गाउँपालिकाअन्तर्गत सञ्चालित श्री सिद्धेश्वर माध्यमिक विद्यालयमा रिक्त रहेको निम्न माध्यमिक तह तृतीय श्रेणी विज्ञान विषयको रिक्त शिक्षक पदमा सरुवाको प्रक्रिया अगाडि बढाइदिन भनी विद्यालयको च.नं. ६८ मिति २०८१/०४/०६ को पत्रबाट अनुरोध भई आएकाले सम्बन्धित तहमा योग्यता पुगेका स्थायी शिक्षकबाट यो सूचना प्रकाशित भएको मितिले पन्ध्र (१५) दिन भित्र शिक्षा नियमावली २०५९ (संशोधनसहित) को अनुसूची १७ बमोजिमको ढाँचामा सम्बन्धित विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइको सहमतिसहित सम्बन्धित विद्यालयमा निवेदन दिन शिक्षक सरुवा सम्बन्धि निर्देशिका, २०६१ को दफा ९ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

तोकिएको म्यादभित्र विद्यालयको इमेल ठेगाना [email protected] मा निवेदन पेस गर्न सकिने बताइएकाे छ।

प्रकाशित: २७ भदौ २०८१ ११:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =