कति छ आज तरकारीको मूल्य?

हिमाल प्रेस २७ भदौ २०८१ ८:३५
14
SHARES
कति छ आज तरकारीको मूल्य? काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (बिहीबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज केही तरकारीको मूल्य थोरै घटबढ भए पनि धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालिमाटीमा आज डल्ले च्याउको मूल्य किलोमै ५० रुपैयाँ घटेको छ।

कालिमाटीमा आज ठूलो गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २५, सुकेको भारतीय प्याज १२३, लोकल गाँजर ११०, तराईको गाँजर ८५, लोकल बन्दा ५५, स्थानीय काउली ११०, ज्यापु काउली १२५, सेतो मुला २२, तने बोडी ६५, मकै बोडी ८५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी लौका ५५, परबल ४५, चिचिन्डो ३५, घिरौँला ५५, फर्सी ४५, भिण्डी ३५, स्कुस २५, पालुंगोको साग १३३, हरियो प्याज २२६, कन्य च्याउ १८६, डल्ले च्याउ ३७६, कुरिलो ४२६, ब्रोकाउली १२६, राजा च्याउ २९० रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ६५, सानो नेपाली लोकल गोलभेँडा २५, भारतीय सुकेको प्याज १२६, लोकल गाँजर ११०, तराईको गाँजर ८५, लोकल बन्दा ५५, तराईको बन्दा ४५, स्थानीय काउली ११०, ज्यापु काउली १३०, सेतो लोकल मुला २२, लाम्चो भन्टा ३५, तने बोडी ७५, मकै बोडी ८५, करेला ८५, परबल ४५, चिचिन्डो ३५, घिरौँला ५५, भिन्डी ३५, स्कुस २२, कन्य च्याउ १७६, डल्ले च्याउ ४२६, ब्रोकाउली १२६, राजा च्याउ २९० रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: २७ भदौ २०८१ ८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =