जिपको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु

हिमाल प्रेस २७ भदौ २०८१ ६:३१
6
SHARES
जिपको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु

तनहुँ- तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा बोलेरो जिपपको ठक्करबाट बुधबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ। धादिङको गजुरी नगरपालिका–३ घर भई हाल व्यास–७ कलेस्ती बस्ते शान्ता श्रेष्ठकी छोरी दुई वर्षीया दिप्सा श्रेष्ठको बोलेको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

लमजुङ भोर्लेटार सडकखण्डमा दुई पिप्लेबाट दमौलीतर्फ आउँदै गरेको ग ३ च १२१९ नम्बरको जिपले सडकमा हिँड्दै गरेकी बालिकालाई साँझ ७ः३० बजे ठक्कर दिएको थियो।

जिपको ठक्करबाट घाइते बालिकाको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। बालिकाको मृत्यु भएपछि जिप चालकलाई कारवाहीका लागि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए। रासस

प्रकाशित: २७ भदौ २०८१ ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 1 =