तनहुँमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

हिमाल प्रेस २६ भदौ २०८१ १९:२८
20
SHARES
तनहुँमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

दमौली (तनहुँ)- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२, नारीघाटमा आज (बुधबार) दिउँसो २ः१५ बजे बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ७१४५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ९१ प २४५७ नम्बरको मोटरसाइकल ठक्किँदा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–२ बस्ने २८ वर्षीय आस्विन सुनारको मृत्यु भएको हो।

दुर्घटनामा घाइते सुनारलाई तत्काल आँबुखैरेनी अस्पताल लगिएकामा २ः३० बजे चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए।

प्रहरीले बस चालक लमजुङको सुन्दरबजार नगरपालिका–८ बस्ने २८ वर्षीय दीप भुजेललाई नियन्त्रणमा लिएको छ। यसै गरी बसको पछाडिपट्टि बी ४६५० नम्बरको कार ठोक्किएको थियो।

प्रकाशित: २६ भदौ २०८१ १९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =