विद्यालय हिँडेका बालक मादी नदीमा बेपत्ता

हिमाल प्रेस २६ भदौ २०८१ १४:५२
10
SHARES
विद्यालय हिँडेका बालक मादी नदीमा बेपत्ता

तनहुँ- व्यास नगरपालिका–३ स्थित मादी नदीले बगाउँदा एक बालक दुई दिनदेखि बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सोही वडाको देउरालीनगर निवासी १५ वर्षीय रोनाल्ड थापा रहेका छन्।

सोमबार दिउँसो नदीले बगाएर उनी बेपत्ता भएका हुन्। बालक व्यास–४ स्थित कन्काई बोडिङ स्कुल कक्षा १० मा अध्यनरत रहेको प्रहरीले जनाएको छ।

उनी घरबाट विद्यालय जान्छु भनेर गए पनि विद्यालय नगई साथीसँग नदीमा नुहाउन गएका थिए। बालक साँझ अबेरसम्म घर नफर्किएपछि मात्रै परिवारले छोरा हराएको जानकारी पाएको थियो।

सोमबार दिउँसो १ बजेको समयमा मादी नदीले एक बालक बगाएको भनी प्रहरीमा सूचना प्राप्त भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।

उनका अनुसार जानकारी पाएलगत्तै खोजतलासका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको थियो। मंगलबार साँझसम्म खोजीलाई निरन्तरता दिए पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ। ती बालकसँगै नदीमा नुहाउन गएका अन्य दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २६ भदौ २०८१ १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =