बिलबिजक नभएका सामान बरामद

हिमाल प्रेस २६ भदौ २०८१ ११:२१
6
SHARES
बिलबिजक नभएका सामान बरामद

काठमाडौँ- भन्सार छली भारतबाट भित्र्याइएका १३ करोड ७३ लाख ८९ हजार ३३ रुपैयाँ बराबरका बिलबिजक नभएका सामान प्रहरीले भन्सारबाट बरामद गरेको छ।

झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार पछिल्लो तीन वर्षमा जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट खटिएको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको हो।

गैरकानुनी ढंगले पैठारी गरिएका सामानका साथमा ३६ जनालाई पक्राउ गर्नुका साथै ६४ वटा विभिन्न सवारीसाधन पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीले आव २०७८/७९ मा चार करोड पाँच लाख छ हजार १८१, आव २०७९/८० मा तीन करोड ९८ लाख ३६ हजार ३६४ र आव २०८०/८१ मा पाँच करोड ७० लाख ४६ हजार ४८८ रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको हो।

प्रवक्ता चन्दका अनुसार प्रहरीले तीन वर्षमा एक करोड ७८ लाख ९७ हजार ८४६ मूल्यका चार हजार २८९.४१ क्यूबिक फिट अवैध काठ नियन्त्रणमा लिएको छ। प्रहरीले अवैध काठका साथमा ३८ जनालाई पक्राउ गर्नुका साथै ४९ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएको थियो।

प्रहरीले आव २०७८/७९ मा एक हजार २६८ क्यूबिक फिट, आव २०७९/८० मा दुई हजार ४७२ क्यूबिक फिट र आव २०८०/८१ मा ५४९.४१ क्यूबिक फिट काठ नियन्त्रणमा लिएको हो। रासस

प्रकाशित: २६ भदौ २०८१ ११:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =