तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता

हिमाल प्रेस २५ भदौ २०८१ २१:०१
18
SHARES
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता प्रतीकात्मक तस्बिर।

तनहुँ- तनहुँको व्यास नगरपालिका-३ स्थित मादी नदीमा पौडी खेल्ने क्रममा बगाएर एक बालक बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा व्यास नगरपालिका–३ देउरालीनगर बस्ने १५ वर्षीय रोनाल थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। साथीहरूसँग पौडी खेल्न गएका उनलाई नदीले बगाएर बेपत्ता भएको र उनको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए।

उनले भने, ‘नदीले बगाउने सम्भावित ठाउँमा आज खोजी गर्दा पनि बेपत्ता बालकलाई फेला पार्न सकिएको छैन। खोजी जारी छ।’

प्रकाशित: २५ भदौ २०८१ २१:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =