काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले उपसभामुख इन्दिरा रानालाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा उनले प्रश्न उठेपछि राजीनामा दिनुपर्ने बताएका हुन्।
उनले प्रश्न उठेपछि पूर्वअर्थमन्त्री रामशरण महतले राजीनामा दिएको सुनाए। यादवले संसद्ले उपसभामुखलाई फिर्ता बोलाउने अधिकार राख्ने समेत बताए। ‘उपभामुखमाथि आवाज उठ्दै आएको छ। संसद् जसलाई पठाउने अधिकार राख्दछ। फिर्ता बोलाउने अधिकार पनि राख्दै छ,’ उनले भने।
प्रकाशित: २५ भदौ २०८१ १५:४२
प्रतिक्रिया