लेदो माटोले नौबिसे-नागढुंगा सडक दुईतर्फी अवरुद्ध

हिमाल प्रेस २४ भदौ २०८१ २०:०८
46
SHARES
लेदो माटोले नौबिसे-नागढुंगा सडक दुईतर्फी अवरुद्ध

धादिङ- त्रिभुवन राजपथअन्तर्गत नौबिसे नागढुंगा सडकखण्ड लेदोसहितको पहिराले अवरुद्ध भएको छ।

धादिङको धुनिबेसी नगरपालिका-९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक दुईतर्फि अवरुद्ध भएको हो। लुम्बिनी प्रदेश ०१००१ ज ०००५ नम्बरको स्कार्पियो जिप लेदोमा फसेको छ।

निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्ध हुँदा सवारीको जाम लागेको छ। काठमाडौँबाट पूर्व-पश्चिमका जिल्लातर्फ छुटेको यात्रु बससहित साना ठूला सबै सवारी सडकमै रोकिएका छन्।

राजमार्गमा ठूलो मात्रामा लेदो थुप्रो लागेकोले खुलाउन पाँच घण्टाभन्दा बढी समय लाग्ने जिल्ला प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए। निरन्तर पानी परिरहेकाले लेदो पन्छाउन कठिनाइ भइरहेको उनले जानकारी दिए।

प्रकाशित: २४ भदौ २०८१ २०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 1 =