मितेरी सहकारी ठगी प्रकरण : कांग्रेस उपसभापति धनराजको नाम कसरी मुछियो?

हिमाल प्रेस २४ भदौ २०८१ १५:३७
26
SHARES
मितेरी सहकारी ठगी प्रकरण : कांग्रेस उपसभापति धनराजको नाम कसरी मुछियो? धनराज गुरुङ

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ सहकारी ठगी प्रकरणमा जोडिएका छन्। ललितपुरको मितेरी बचत थगा ऋण सहकारी संस्थामा भएको आर्थिक हिनामिनामा धनराजको नाम जोडिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा सहकारीका अध्यक्ष कुम्भराज गुरुङले आर्थिक ठगी अपराधमा उपसभापति गुरुङमाथि अनुसन्धान गर्न माग गर्दै निवेदन दिएका छन्।

कुम्भराजले धनराजकी पूर्वश्रीमती ज्योति गुरुङ व्यवस्थापक हुँदा सहकारीको १४ करोड ८१ लाख रुपैयाँ ठगी गरेको जाहेरी सीआईबीमा दिएका छन्। सीआईबीका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले व्यक्तिगत रूपमा जाहेरी आएकाले दर्ता नहुने बताए।

‘मितेरी सहकारीमा ठगी भएको विषयमा जाहेरी आएको हो। तर यो जाहेरी यहाँ दर्ता हुँदैन गर्दैनौँ,’ उनले हिमालप्रेससँग भने, ‘सहकारी जहाँ दर्ता भएको भएको हो त्यहाँबाट सिफारिस आयो भने बल्ल सीआईबीले थप कामकारबाही अघि बढाउँछ। त्यसो नभए त यहाँ लाखौँ सहकारीपीडितले जाहेरी देलान् उनीहरू सबैको दर्ता गरेर त के साध्ये लाग्छर ?’

बोगटीले मितेरी सहकारीको गुठीमा भने उजुरी परेको र त्यसमा व्यवस्थापक ज्योति गुरुङको नाम उल्लेख भएको जानकारी आएको बताए। त्यहाँ ज्योतिको श्रीमान्‌को नाममा धनराजको नाम उल्लेख भएको बताइएको छ। धनराज र ज्योतिबीच २०७६ फागुन २९ गते नै सम्बन्धविच्छेद भइसकेको छ।

‘उजुरी परेकै मलाई थाहा पनि थिएन। म यसबारे सबैलाई प्रस्ट पार्छु,’ धनराजले भने, ‘म आजसम्म कुनै पनि सहकारीको सञ्चालक छैन, सदस्य पनि छैन। मेरो नाम ज्योतिसँग जोडियो। हाम्रो डिभोर्स २०७६ सालमै भइसक्या हो। अब कुम्भराज सहकारीको अध्यक्ष, ज्योति व्यवस्थापक हुँदा ठगी गरेका हुन् सक्छन् म कसरी जान्दछु र यो कुरा त?’

कुम्भराजले धनराजविरुद्ध नेकपा एमालेका सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिमा पनि उजुरी दिएका छन्। उक्त समितिले समग्र समस्याग्रस्त सहकारीहरूको ठगीबारे अध्ययन गरिरहेको छ।

प्रकाशित: २४ भदौ २०८१ १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =