एमालेको प्रश्न : पाँचथर बम विस्फोटको जिम्मा कसले लिने?

हिमाल प्रेस २४ भदौ २०८१ १४:११
16
SHARES
एमालेको प्रश्न : पाँचथर बम विस्फोटको जिम्मा कसले लिने? एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला।

काठमाडौँ- नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पाँचथरमा बेवारिसे बम विस्फोट र २ जनाको ज्यान गएको बारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले गृहमन्त्री रमेश लेखकले सदनमा उपस्थित भएर घटनाबारे जानकारी गराउनुपर्ने बताए।

उनले भने‚‘ केही समय अघि पाँचथरमा बेवारिसे बम फेला भएको र उक्त बम विस्फोट हुँदा २ जनाको ज्यान गएको छ। यतिका दिनसम्म यस घटनाका दोषी को हो ? यसबारे सरकारले सदनलाई जानकारी गराउनुपर्छ। विशेष गरेर गृहमन्त्रीले जानकारी गराउनुपर्छ।’

उनले सशस्त्र द्वन्द्वको समयमा छोडिएका बम विस्फोट भएको भन्दै उनले यस घटनाको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरे।

प्रकाशित: २४ भदौ २०८१ १४:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =