राजदूत सिफारिसमा अब समावेशितामा पनि ध्यान दिइनेछ : परराष्ट्रमन्त्री राणा

हिमाल प्रेस २४ भदौ २०८१ १३:५५
10
SHARES
राजदूत सिफारिसमा अब समावेशितामा पनि ध्यान दिइनेछ : परराष्ट्रमन्त्री राणा आरजु देउवा राणा

काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकारले राजदूत नियुक्ति गर्दा समावेशीमा ध्यान दिन नसकेको स्वीकार गरेकी छन्।  सिंहदरबारमा सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा मन्त्री राणाले राजदूत नियुक्ति गर्दा विविध कारणले केही कमिकमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सुधार गर्दै अघि लाने बताएकी हुन्।

उनले संविधानमा समानुपातिक समावेशिताको विषय उल्लेख गरे पनि त्यसलाई कार्यान्वयनका लागि आवश्यक नियमावली र निर्देशिका बनाउँदा विशेष ध्यान दिनुपर्ने बताइन्।  महिला राजदूत तोक्नका लागि पनि संख्या नै स्पष्ट हुनुपर्ने उनको भनाइ छ।

मन्त्री राणाले सरकारले सिफारिस गरेका व्यक्तिहरूलाई पनि गहन रुपमा सुनुवाइ गरेर मात्रै अनुमोदन गर्न समिति समक्ष आग्रह गरिन्।

बैठकमा समिति सदस्यहरूले एकैपटक १७ जना राजदूतको सिफारिस हुदा पनि समावेशी समानुपातीकमा सरकारले ध्यान दिन नसकेको धारणा राखेका थिए। सरकारले साउन १४ गते सरकारले विभिन्न १७ देशका लागि राजदूतहरूको नाम सिफारिस गरेको थियो। प्रस्तावित राजदूतहरूको समितिले सुनुवाइ समेत गरेको छ।

प्रकाशित: २४ भदौ २०८१ १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 8 =