अमात्यले गाए तीन दशक पुरानो गीत ‘कुनै दिन’

हिमाल प्रेस २४ भदौ २०८१ १३:५२
14
SHARES
अमात्यले गाए तीन दशक पुरानो गीत ‘कुनै दिन’

काठमाडौँ- ‘कुनै दिन अवश्य पाउने छौँं, कुनै दिन अवश्य रुनेछौँ’ सरोज बाँस्तोलाको शब्द रहेको गीत तीन दशकअघि संगीतकार ओमविक्रम विष्टको हातमा परेको थियो। उनले उक्त गीत आफ्नै आवाजमा रेकर्ड गरे तर, सार्वजनिक भने गर्न पाएका थिएनन्।

थन्किएर बसेको तीस वर्ष पुरानो गीतलाई अर्का गायक योगेश्वर अमात्यले जीवन्त बनाउन चाहे। संगीत क्षेत्रबाट एक दशकभन्दा बढि मौन बसेका गायक अमात्यले यही गीत आफ्नो आवाजमा रेकर्ड गरेका छन्। गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ।

आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका गायक अमात्यले भने ‘ओम दाईले मेरै लागि थाति राखे जस्तो लागेको छ।’ गीतलाई गायक अमात्यले पुनः एरेन्ज गरी आफ्नो आवाजमा रेकर्ड गर्नुको साथै भिडियोपनि सार्वजनिक गरेका छन।

गीतको भिडियो सुव्रत आचार्यको कन्सेप्ट र निर्देशनमा बनेको छ। भिडियोको क्रिएटिभ निर्देशक जया शर्मा हुन्। भिडियोमा कलाकार प्रवीण खतिवडा, करुणा श्रेष्ठ र विकाश लामिछानेले अभिनय छ। आशिम रानाभाटको विशेष भूमिकामा छन्। उत्सव दाहालले छायांकन गरेको गीतको सम्पादन विकास दाहालले गरेक छन्।

गायक अमात्यका ‘जब सन्ध्या हुन्छ,’ ‘लैजा चरी,’ ‘सिन्धुली गढी,’ ‘म मरे पनि मेरो देश,’ ‘मलाई प्यारो लाग्छ’ जस्ता कालजयी गीत लोकप्रिय छन्।

गायक अमात्यको यस नयाँ गीतले दर्शकलाई पुनः उनीप्रति आकर्षित गराउने विश्वास व्यक्त गरेका छन्। संगीतकार बिष्टले अमात्यको गीत सार्वजनिक भएपछि तीस वर्ष निर्जीव भएको गीतले जिवन्तता महसुस गरेको बताए।

प्रकाशित: २४ भदौ २०८१ १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast